site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
माओवादी सांसदको चेतावनी– थ्रेसहोल्ड र समानुपातिक व्यवस्था हटाए सह्य हुँदैन 
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । सत्तारूढ दल नेकपा (माओवादी केन्द्र)का सांसद महिन्द्रराय यादवले नेपाली कांग्रेस र नेकपा एमाले मिलेर दुई दलीय प्रणालीमा देश लैजान खोजेको भन्दै आपत्ति जनाएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले दुई दल मिलेर संविधान संशोधन गर्ने र थ्रेसहोल्ड हटाउन खोजे सह्य नहुने चेतावनी दिए । 

उनले संविधान संशोधन गर्ने भए सर्वदलीय सर्वपक्षीय सहमतिमा मात्र सम्भव हुने बताए । “संविधान संशोधनका लागि दुई ठूला दलले दुई दलीय प्रणाली लैजान खोजिएको र थ्रेसहोल्ड हटाउन खोजिएको हो भने यो मुलुकको लागि कति सह्य हुनसक्छ ? म आग्रह गर्न चाहन्छु अब संविधान संशोधन गर्दाखेरी संविधानको चारवटा खम्बा हो, संघीयता, धर्मनिरपेक्षता, समानुपातिक र समावेशी,” उनले भने, “यी चारवटा खम्बामा समानुपातिक र समावेशी हटाउने कुराको अहिले जसरी भाष्य उत्पन्न भएको छ । यसकारण म ध्यानाकर्षण गराउन चाहान्छु, अब संविधान संशोधन गर्दाखेरी सर्वपक्षीय, सर्वदलीय हिसाबमा होस् ।” 

उनले वर्तमान सरकार संविधानको धारा ७६(२) मा बनेको उल्लेख गर्दै विश्वासको मत नपाएमा स्वतः धारा ७६(३) अनुसार सरकार बन्ने बताए ।
 

प्रकाशित मिति: मंगलबार, असार २५, २०८१  १३:४८
प्रतिक्रिया दिनुहोस्