site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
समाजवादी मोर्चाको पुनर्गठनमा जुटे प्रचण्ड

काठमाडौं । सत्ताबाट बहिर्गमनको स्थितिमा पुगेका प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' समाजवादी मोर्चाको पुनर्गठनको तयारीमा जुटेका छन् । बुधबार साँझ समाजवादी मोर्चामा रहेका दलका शीर्ष नेताहरूलाई बालुवाटार बोलाएर प्रचण्डले मोर्चा पुनर्गठनबारे छलफल गरेका हुन् ।

बैठकपछि प्रचण्डका स्वकीय सचिव एवं नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य रमेश मल्लले समाजवादी मोर्चाको पुनर्गठनका विषयमा छलफल केन्द्रित भएको बताए । मोर्चामा पहिले चार दल रहे पनि जनता समाजवादी पार्टी (जसपा) नेपाल छुट्टिएपछि बैठक बस्न नसकेको र अहिले घटकका तीन दल र महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी मिसिएको बताए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

"समाजवादी मोर्चाको पुनर्गठनको प्रारम्भिक छलफल हो । सम्माननीय प्रधानमन्त्रीज्यूले पछिल्लो राजनीतिक परिस्थितिको बारेमा ब्रिफिङ गर्नुभयो । अहिलेको परिस्थितिको बारेमा पहिला ब्रिफिङ गर्नुभयो, त्यसपछि अरू दलका नेताले पनि धारणा राख्नुभयो । नेताहरूले आफ्नो ठाउँमा एक्सरसाइज गरेर अर्को मिटिङसम्म घटक सदस्यहरू पनि टुंग्याएर फेरि बस्नेछौँ," उनले भने ।

बैठकमा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनाल, नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द, नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादव सहभागी थिए ।

प्रकाशित मिति: बुधबार, असार २६, २०८१  १९:४८
प्रतिक्रिया दिनुहोस्