site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रधानमन्त्रीलाई विश्वासको मत नदिने जनमतको निर्णय
जनमत पार्टीका अध्यक्ष सीके राउत । फाइल तस्बिर ।

काठमाडौं । जनमत पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत नदिने निर्णय गरेको छ । पार्टीले प्रचण्ड नेतृत्वको सरकारको विपक्षमा मतदान गर्ने निर्णय गरेको जनमतका प्रवक्ता डा. शरदसिंह यादवले जानकारी दिए ।

मधेस प्रदेश सरकारमा नेपाली कांग्रेस र नेकपा (एमाले)ले जनमतको सरकारलाई विश्वासको मत दिएका थिए । सोही कारण केन्द्रमा जनमतले कांग्रेस–एमाले गठबन्धनलाई सहयोग गर्ने निर्णय गरेको उनले बताए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“प्रचण्ड सरकारलाई विश्वासको मत जनमतले नदिने निर्णय गरेको छ,” उनले भने, “मधेस प्रदेशमा हाम्रो नेतृत्वमा सरकार गठन भइसकेको हुनाले केन्द्रमा बन्ने नयाँ गठबन्धनलाई जनमतले सघाउने निर्णय गरेका हौँ ।”

यही असार १७ गते मध्यरातमा कांग्रेस र एमाले मिलेर सरकार बनाउने निर्णय गरेका थिए । सोही निर्णयबमोजिम असार १९ मा एमालेले सरकार छाडेको थियो । त्यसपश्चात् संविधानको धारा १०० को उपधारा २ बमोजिम प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने निर्णय गरेका हुन् । उनले शुक्रबार पाँचौँपटक विश्वासको मत ‘फेस’ गर्दै छन् ।

प्रकाशित मिति: बिहीबार, असार २७, २०८१  १६:११
प्रतिक्रिया दिनुहोस्