
काठमाडौं । आदिकवि भानुभक्त आचार्यको २११औँ जन्मजयन्ती विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ ।
भानुजयन्तीका अवसरमा कमलादीस्थित भानुभक्त आचार्यको सालिकमा माल्यार्पण गरिएको थियो । कार्यक्रममा सभामुख देवराज घिमिरेले भानुभक्तका योगदानलाई समाजमा ल्याउनुका साथै समाजको विकासलाई साहित्यको क्षेत्रबाट अगाडि लैजाने, भाषाको विकास गर्ने र भाषाको माध्यमबाट राष्ट्रलाई चिनाउनुपर्ने बताए ।
भानुजयन्तीका अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठान र भानु प्रतिष्ठानले संयुक्त रूपमा शनिबार बिहान प्रभातफेरीसहित शोभायात्रा गरिएको थियो ।
वि.सं. १८७१ असार २९ गते तनहुँको चुँदीरम्घामा जन्मिएका भानुभक्तले ‘अध्यात्मरामायण’को भावानुवाद गरी नेपाली समाजमा मौलिक नेपाली भाषा, साहित्य, धर्म, दर्शन र राष्ट्रियताको बीजारोपण गरेका थिए ।
उनका ‘प्रश्नोत्तर’, ‘भक्तमाला’ ‘वधूशिक्षा’, ‘रामगीता’लगायत दर्जनौँ साहित्यिक कृति प्रकाशित छन् । हिमालयन टेली भ्वाइस