
काठमाडौं । इजरायलले गाजाको एक क्याफेमा हवाई आक्रमण गरेको छ, जसमा कम्तीमा २० प्यालेस्टिनी मारिएको बताइएको छ ।
स्वास्थ्यकर्मी र प्रत्यक्षदर्शीका अनुसार, इजरायलले पश्चिमी गाजाको समुन्द्र किनारमा रहेको क्याफेमा आक्रमण गरेको थियो । प्रत्यक्षदर्शीहरूले बताएअनुसार क्याफेमा कार्यकर्ता, पत्रकार र स्थानीयहरू बारम्बार आउने गर्थे ।
हमासद्वारा सञ्चालित नागरिक रक्षाका प्रवक्ताले बीबीसीलाई बताएअनुसार उद्धार टोलीहरूले अल–बका क्याफेबाट २० जनाको शव र दर्जनौँ घाइतेहरूलाई निकालेका छन् ।
उनले भने कि आपतकालीन टोलीहरूले अझै पनि विस्फोटबाट सिर्जना भएको क्षेत्रमा मानिसहरूको खोजी गरिरहेका छन् ।
"म इन्टरनेट प्रयोग गर्न एउटा क्याफेमा जाँदै गर्दा केही मिटर टाढा एउटा ठूलो विस्फोट भयो," स्थानीय उत्पादन कम्पनीका क्यामेराम्यान अजिज अल–अफिफीले बीबीसीलाई भने । इजरायली सेनाले यस विषयमा हालसम्म कुनै टिप्पणी गरेको छैन ।
हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार, अक्टोबर ७, २०२३ देखि गाजामा ५६ हजारभन्दा बढी मानिसहरू मारिएका छन् ।