site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
लेखा समितिले गठन गर्‍यो पाँच सदस्यीय उपसमिति 

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिले उजुरीको अध्ययन र सिफारिस गर्न पाँच सदस्यीय उपसमिति गठन गरेको छ । समितिको मंगलबार बसेको बैठकबाट सभापति ऋषिकेश पोखरेलको संयोजकत्वमा उपसमिति गठन गर्ने निर्णय गरिएको हो ।

समितिमा राजेन्द्रकुमार केसी, योगेशकुमार भट्टराई, अमनलाल मोदी र मनीष झा सदस्य छन् । “...सबै उजुरी र समितिमा अब प्राप्त हुने नयाँ उजुरीहरूलाई अध्ययन तथा छानबिन गरी निर्णयसहितको प्रस्ताव समितिको मूल बैठकमा पेस गर्न उजुरी अध्ययन तथा सिफारिस गर्न समितिका सभापतिको संयोजकत्वमा पाँच सदस्यीय एक उपसमिति गठन गर्ने,” बैठकको निर्णयमा लेखिएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

समितिको वर्तमान कार्यकाल सुरु भएदेखि हालसम्म विभिन्न ६६ विषयमा उजुरी दर्ता गरिएको बैठकमा जानकारी गराइएको थियो । तीमध्ये टेरामक्स प्रविधि, लुम्बिनी विकास कोषसँग सम्बन्धित विषय, एनसेलको सेयर खरिद–बिक्री, बिमा कम्पनीले प्रिमियममा सेयर जारी गर्न अनुमति दिएको आदि विषय समितिमा छलफल भइसकेको छ ।

प्रकाशित मिति: बुधबार, साउन २, २०८१  १६:३५
प्रतिक्रिया दिनुहोस्