site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
ओली सरकारका सबै मन्त्री एक वर्षमा फेरिन्छन् : मन्त्री गुप्ता

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्का मन्त्रीहरू एक वर्षमा फेरिने बताएका छन् । 

रिपोटर्स क्लब नेपालले बुधबार काठमाडौंमा गरेको साक्षात्कारमा उनले एक वर्षमा मन्त्रीहरूको सेट नै फेरिने र त्यतिबेला महिला, दलित र अन्य समुदायबाट पनि समावेशी प्रतिनिधित्व हुने बताए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

प्रधानमन्त्री ओलीको नेतृत्वमा गठन भएको वर्तमान सरकार राष्ट्रिय सहमतिको सरकार रहेको दाबी गर्दै उनले सबै दललाई मिलाउँदा समावेशी प्रतिनिधित्व हुन नसकेको जिकिर गरे । अब आफूहरू प्रधानमन्त्री ओलीको सहयोगीको रूपमा मन्त्रालयमा रहेर देशको आर्थिक विकास, सुशासन र विकास निर्माणको पक्षमा काम गर्ने उनले बताए ।

मन्त्री गुप्ताले गत २०७९ को निर्वाचनमा जनताले कुनै पार्टीलाई स्पष्ट बहुमत नदिँदा एमाले र कांग्रेस मिलेर राष्ट्रिय सहमतिको सरकार बनाउनुपरेको धारणा राखे ।

उनले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्ड नेतृत्वको यसअघिको सरकारले विगतमा फाइल खोल्छौँ मात्रै भनेको र वास्तविक रूपमा काम गर्न नसकेको आरोप लगाए ।

साथै, उनले बेचन झा पक्राउ पर्दा सरकार ढलेको भन्ने कुरामा सत्यता नरहेको भन्दै उक्त आरोप निवर्तमान उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको स्टन्ट गरेको जिकिर गरे ।

प्रकाशित मिति: बुधबार, साउन २, २०८१  १८:२१
प्रतिक्रिया दिनुहोस्