site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
एमाले प्रचार विभागले सञ्चारमन्त्री गुरुङलाई बुझायो ३० बुँदे सुझाव

काठमाडौं । नेकपा (एमाले) केन्द्रीय प्रचार तथा प्रकाशन विभागले सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङलाई सञ्चार क्षेत्रमा गर्नुपर्ने अल्पकालीन र दीर्घकालीन कामबारे सुझाव दिएको छ ।

विभागका प्रमुख तथा स्थायी कमिटी सदस्य राजेन्द्र गौतम नेतृत्वको टोलीले आज सञ्चारमन्त्री गुरुङलाई भेटेर सञ्चार क्षेत्रका कार्यक्रमबारे १७ बुँदे र नीतिगत तथा संरचनागत क्षेत्रमा १३ बुँदे गरी कुल ३० बुँदे सुझाव पेस गरेको हो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

सुझावमा मिडिया काउन्सिल विधेयक पारित गरी मिडिया काउन्सिल गठन गर्नुपर्ने, सार्वजनिक सेवा प्रशारण विधेयक पारित गरी कार्यान्वयन, राष्ट्रिय आमसञ्चार प्राधिकरणको गठन, श्रमजीवी पत्रकारबाट सञ्चालित साना लगानीका स्वरोजगारमूलक सञ्चारमाध्यमको प्रबर्धन, डिजिटल नेपाल फ्रेमवर्कको कार्यान्वयन, पत्रकारको स्वास्थ्य बिमा र सरकारी अस्पतालमा नि:शुल्क उपचारको व्यवस्थालगायत छन् ।

सुझाव ग्रहण गर्दै सञ्चारमन्त्री गुरुङले यसलाई गम्भीरता कार्यान्वयनमा लग्नेल बताएको केन्द्रीय प्रचार विभागका सदस्य गणेश पाण्डेले जानकारी दिए ।

प्रकाशित मिति: बुधबार, साउन २, २०८१  २२:३०
प्रतिक्रिया दिनुहोस्