site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
अर्थतन्त्रलाई चलायमान बनाउन मौद्रिक नीति कठोर हुनुहुँदैन : प्रधानमन्त्री ओली 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले परिवर्तनकै लागि नयाँ सरकार गठन भएको बताएका छन् । नेपाल उद्योग परिसंघसँगको छलफलमा उनले यसअघि नै प्रधानमन्त्री बनिसकेकाले प्रधानमन्त्री बन्नका लागि मात्रै आफू नआएको बताए । 

उनले अर्थतन्त्रलाई सुदृढ पार्ने प्रतिबद्धता व्यक्त गर्दै निजी क्षेत्रलाई यो सरकारप्रति भरोसा हुनैपर्ने बताए । “समस्या देखेर, समस्याको समाधान गर्न, परिवर्तन ल्याउनुपर्छ, काम गर्नैपर्छ भनेर म आएको हुँ,” उनले भने, “त्यसैले तपाईंहरूको आशा र भरोसा हामीमाथि हुनैपर्छ ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

कुनै पनि करको निर्धारण अनुहार हेरेर गर्न नहुने बताउँदै उनले गलत नीति लिएको बेला निजी क्षेत्रले त्यसको विरोध गर्न सक्नुपर्ने बताए । प्रधानमन्त्री ओलीले अर्थतन्त्रलाई चलायमान बनाउन आवश्यक रहेकोमा जोड दिँदै मौद्रिक नीति कठोर हुननहुने बताए । 

प्रधानमन्त्री ओलीलाई परिसंघको तर्फबाट बधाई तथा शुभकामना दिँदै अध्यक्ष राजेश कुमार अग्रवालले तीन वर्षदेखि शिथिल अर्थतन्त्रलाई उकास्न सरकार चुक्न नहुने बताए । 

उत्पादनशील र निर्माण क्षेत्र बढी प्रभावित हुँदा बाह्य क्षेत्र उत्साहजनक भए पनि आन्तरिक अर्थतन्त्र अझै समस्यामा रहेको भन्दै उनले निजी क्षेत्रको बनोबल बढाउनुपर्नेमा जोड दिए । 

प्रकाशित मिति: शुक्रबार, साउन ४, २०८१  ११:१८
प्रतिक्रिया दिनुहोस्