site stats
बाह्रखरी :: Baahrakhari
देश
चितवनमा पेट्रोल बोकेको ट्यांकरमा बस ठोक्किँदा १५ जना घाइते
प्रतीकात्मक तस्बिर ।
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

नारायणगढ । चितवनको नारायणगढ–मुग्लिङ सडकखण्डअन्तर्गत पर्ने भतेरीमा बस र तेल बोकेको ट्यांकर ठोक्किँदा १५ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार, शनिबार दिउँसो भरतपुर महानगरपालिका–२९, भतेरीमा नारायणघाटबाट पोखरातर्फ जाँदै गरेको ग२ख १४०१ नम्बरको बस सोही दिशातर्फ जाँदै गरेको ना७ख ५४९१ नम्बरको पेट्रोल बोकेको ट्यांकरको पछाडि ठोक्किँदा बसमा सवार १५ यात्री घाइते भएका हुन् ।

घाइतेलाई उपचारका निम्ति चितवनको भरतपुर अस्पताल, चितवन मेडिकल कलेज र पुरानो मेडिकल कलेजमा लगिएको प्रवक्ता रिजालले बताए । घाइतेमध्ये एकजना गम्भीर र अरूको अवस्था मध्यम छ । रासस

प्रकाशित मिति: शनिबार, साउन ५, २०८१  १८:४९
प्रतिक्रिया दिनुहोस्