site stats
बाह्रखरी :: Baahrakhari
देश
‘अटोलाई जोगाउन खोज्दा’ दाङमा जीप दुर्घटना, १० जना घाइते
प्रतीकात्मक तस्बिर ।

तुलसीपुर । दाङको दंगीशरण गाउँपालिका–७, बोगटीनजिकै जीप दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।

शनिबार दाङको तुलसीपुरबाट सल्यानको कालीमाटीतर्फ जाँदै गरेको लु१ज १३८३ नम्बरको जीप दुर्घटना भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

दुर्घटनामा परी चालक सल्यानको कालीमाटी गाउँपालिका–२ का ४१ वर्षीय खिमबहादुर बोपालमगर, जीपमा सवार कालीमाटी–३ का १६ वर्षीय किरण बोहरा, सोही ठाउँका १४ वर्षीय विपीन केसी, १० वर्षीया आरती थापा, ३० वर्षीय गणेश केसी, ५० वर्षीया धनसरी खत्री, १५ वर्षीया करिष्मा खत्री घाइते भएका छन् ।

कालीमाटी–२ का ५४ वर्षीय हुकुमराज पुन, सोही ठाउँका ४९ वर्षीय भानुभक्त वली र बर्दियाको बाँसगडी नगरपालिका–४ की ३८ वर्षीया संगीता राणा समेत घाइते भएका छन् । तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा घाइतेको उपचार भइरहेको छ ।

अटोलाई जोगाउन खोज्दा जीप दुर्घटनामा परेको प्रहरीले जनाएको छ । रासस

प्रकाशित मिति: शनिबार, साउन ५, २०८१  २१:०९
प्रतिक्रिया दिनुहोस्