site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
रवि लामिछाने भन्छन्– स्टन्ट भनेको आँट, साहस विधि र न्याय हो  
फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूहरूलाई ‘स्टन्ट गरिस्’ भन्नेहरूलाई जवाफ दिएका छन् ।

आइतबार प्रतिनिधिसभा बैठकमा उनले स्टन्ट भनेको आफूहरूको आँट, सुशासनको एजेन्डा र साहस भएको बताए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“जसलाई यहाँहरूले स्टन्ट भन्नुभएको छ, त्यो स्टन्ट नभएर सुशासनको एजेन्डाबाट विषयान्तर गर्न खोजिएको स्पष्ट पार्न चाहन्छु कि स्टन्टको पर्याय आँट, साहस, विधि हो र न्याय हो,” उनले भने ।

लामिछानेले सकेजति स्टन्ट गरेर देखाउन वर्तमान सरकारलाई आग्रह समेत गरे ।

प्रकाशित मिति: आइतबार, साउन ६, २०८१  १५:३८
प्रतिक्रिया दिनुहोस्