site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रतिनिधिसभामा सांसदले भने– हिजो मात्र पाँच हजार घुस खुवाएँ
फाइल तस्बिर ।

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का सांसद वीरेन्द्र महतोले परिवार चलाउन कर्मचारीलाई घुस खानैपर्ने बाध्यता रहेको बताएका छन् । कर्मचारीलाई परिवार पाल्न पर्याप्त तलब नरहेको भन्दै उनले त्यही कारण उनीहरू घुस खान बाध्य भएको जिकिर गरे ।

“कर्मचारीलाई परिवार चलाउन घुस खानैपर्ने अवस्था छ,” आइतबार प्रतिनिधिसभा बैठकमा सांसद महतोले भने, “हिजो मात्रै म पाँच हजार घुस खुवाएर आएँ ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनले सानोठिमीमा आफ्नो छोराको ‘सर्टिफिकेट इक्युभ्यालेन्ट’ गर्न जाँदा काम नभएपछि घुस खुवाएको सुनाए ।

“मेरो छोरोका सर्टिफिकेट इक्युभ्यालेन्ट गर्न गएको, ११ बजे दर्ता गरेको ४ बजेसम्म काम भएन । यही डकुमेन्टमा काम गरिरहेको छौ, मेरो पनि गरिदेऊ भनेँ, अधिकारी ‘चिया खाने समय भयो’ भन्दै चिया खान बाहिरिए,” उनले भने, “मैले बिचौलियालाई पाँच हजार दिएँ, पाँच मिनेटमा काम सम्पन्न भयो ।”

प्रकाशित मिति: आइतबार, साउन ६, २०८१  १६:४७
प्रतिक्रिया दिनुहोस्