site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
वाग्मतीको मुख्यमन्त्रीमा कांग्रेसले सोमबार दाबी पेस गर्ने
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

वाग्मती । वाग्मती प्रदेशसभामा नयाँ सरकार गठनका लागि नेपाली कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाले भोलि (सोमबार) बिहान मुख्यमन्त्रीमा दाबी पेस गर्ने तयारी गरेका छन् । प्रदेश प्रमुख यादवचन्द्र शर्माले नयाँ सरकार गठन गर्न आह्वान गरेसँगै नेपाल कम्युनिष्ट पार्टी (एमाले) को समर्थनमा लामाले मुख्यमन्त्रीमा दाबी पेस गर्न लागेका हुन् ।  

मुख्यमन्त्री शालिकराम जम्कट्टेलको आज पदबाट दिएको राजीनामा स्वीकृत गरेका प्रदेश प्रमुख शर्माले संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार गठनका लागि दाबी पेस गर्न साउन ८ गते साँझ ५ बजेसम्मको समय तोकेका छन् । 

कांग्रेस संसदीय दलका नेता लामाले सोमबार दाबी पेस गर्ने तयारी भएको जानकारी दिए । “दुई दलबीच पहिला नै मुख्यमन्त्रीमा कांग्रेसले दाबी पेस गर्ने सहमति भइसकेको छ”, उनले भने, “नयाँ मुख्यमन्त्री चयनको प्रक्रिया सुरु भइसकेकाले भोलि बिहान बहुमत प्रदेशसभा सदस्यको हस्ताक्षरसहित प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीको दाबी पेस गर्छु ।” रासस

प्रकाशित मिति: आइतबार, साउन ६, २०८१  २१:१६
प्रतिक्रिया दिनुहोस्