site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
यूएईमा एकैवर्ष २३१ नेपालीले गुमाए ज्यान 

काठमाडौं । खाडी राष्ट्र युनाइटेड अरब इमिरेट्स (यूएई)मा पछिल्लो एक वर्षको अवधिमा २३१ नेपालीको मृत्यु भएको छ । उनीहरू सबै वैदेशिक रोजगारीका सिलसिलामा यूएई गएकाहरू हुन् ।

गत आर्थिक वर्ष २०८०/८१ मा विविध कारणले उनीहरूको मृत्यु भएको यूएईस्थित नेपाली दूतावासले जानकारी गराएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

मृत्यु भएका नेपालीका परिवारलाई क्षतिपूर्ति तथा बिमाबापत प्राप्त लगभग १२ करोड ५५ लाख रुपैयाँ (३४ लाख ४६ हजार ५०० यूएई दिराम) दूतावासले पठाएको छ ।

गएको असारमा मात्र यूएईमा ३२ नेपालीको मृत्यु भएको दूतावासले जनाएको छ ।

अघिल्लो आर्थिक वर्ष २०७९/८० मा वैदेशिक रोजगारीका क्रममा यूएईमा १६७ नेपालीले ज्यान गुमाएका थिए ।

विभिन्न देशमा वैदेशिक रोजगारीमा गएका मध्ये २०८०/८१ मा एक हजार ३५५ नेपालीको मृत्यु भएको थियो । वैदेशिक रोजगारीका क्रममा मृत्युमध्ये १७ प्रतिशतभन्दा बढी यूएईमा भएको तथ्यांक छ ।

प्रकाशित मिति: बिहीबार, साउन १७, २०८१  १४:०३
प्रतिक्रिया दिनुहोस्