site stats
बाह्रखरी :: Baahrakhari
देश
टिपरको ठक्करबाट मृत्यु : आफन्तद्वारा घोराही–तुलसीपुर सडक अवरुद्ध
प्रतीकात्मक तस्बिर ।

दाङ । टिपरले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । घोराही–९ का ३९ वर्षीय कुलबहादुर बस्नेतको मृत्यु भएको हो ।

दाङका प्रहरी प्रमुख रामबहादुर केसीका अनुसार शनिबार घोराही–तुलसीपुर सडकअन्तर्गत सौरीकुलामा विपरीत दिशातर्फ आएको टिपरले मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका बस्नेतको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा आज बिहान मृत्यु भएको हो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यसैबीच, मृतकका आफन्तले क्षतिपूर्तिको माग गर्दै कारबाहीको माग गर्दै घोराही–तुलसीपुर सडकखण्ड अवरुद्ध गरिरहेका छन् । रासस

 

प्रकाशित मिति: आइतबार, साउन २०, २०८१  ०८:४८
प्रतिक्रिया दिनुहोस्