site stats
बाह्रखरी :: Baahrakhari
देश
यी नदीहरूको जलसतह उल्लेख्य बढ्ने, उच्च सतर्कता अपनाउन आग्रह
नारायणी नदीको दृश्य । फाइल तस्बिर ।

काठमाडौं । देशका केही सानाठूला नदीमा सोमबार पानीको बहाव उल्लेख्य बढ्ने सम्भावना छ ।

आज रातिदेखि कोसी, नारायणी र यसका केही प्रमुख सहायक नदीहरूको जलसतह उल्लेख्य बढ्ने अनुमान छ । कन्काई, कमला नदीको जलसतह पनि उल्लेख्य बढ्ने र भोलि सतर्कता तह आसपास पुग्न सक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

नदीतटीय क्षेत्रका क्रियाकलापमा उच्च सतर्कता अपनाउन महाशाखाले सचेत गराएको छ ।

“आज इलाम, झापा, पाँचथर, ताप्लेजुङ, संखुवासभा, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, उदयपुर, सिन्धुली, मकवानपुर र आसपासका जिल्ला भई बहने केही स–साना नदीहरूमा बहाव बढ्ने तथा केही स–साना नदीमा आकस्मिक बहावको मध्यम जोखिम रहने पूर्वानुमान रहेकोले नदीतटीय क्षेत्रमा उच्च सतर्कता अपनाउनुहन अनुरोध छ,” महाशाखाले सोमबार बिहान जारी गरेको बाढी पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।

b1-1722827873.jpg

b2-1722827873.jpg

प्रकाशित मिति: सोमबार, साउन २१, २०८१  ०९:०३
प्रतिक्रिया दिनुहोस्