site stats
बाह्रखरी :: Baahrakhari
देश
जाजरकोटमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु, १६ घाइते

काँक्रेविहार (सुर्खेत) । जाजरकोटको भेरी नगरपालिका–६, गञ्जमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् । 

जाजरकोट सदरमुकाम खलंगाबाट नेटातर्फ जाँदै गरेको ग १ ज ७७११ नम्बरको डबल क्याप बोलेरो जीप दुर्घटना भएको थियो । दुर्घटनामा जीपका चालक ३५ वर्षे मानबहादुर वलीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, जाजरकोटका प्रहरी निरीक्षक माधव विश्वकर्माले जानकारी दिए । उनका अनुसार जीप सडकदेखि चार सय मिटर तल खसेको थियो । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

दुर्घटनामा परी भेरी नगरपालिका–६ की २८ वर्षीया सपना विक सार्की, ३५ वर्षीया भूमिका शाही, १९ वर्षीया दुर्गा पुन, १९ वर्षीया विन्दु शाही, ५५ वर्षीया मोती लुहार, १७ वर्षीया सीता पुन घाइते भएका छन् । त्यस्तै, २१ वर्षीया धनसरा खड्का, ८० वर्षीय कलिमान खत्री, २८ वर्षीया भूमिकला राना घर्ती घाइते भएको प्रहरीले जनाएको छ । 

चार महिने बालक प्रज्ज्वल घर्ती, ३६ वर्षीया कल्पना खत्री, ३३ वर्षीया अस्मिता खत्री, ३१ वर्षीया पार्वती उपाध्याय र ४० वर्षीया हीरा सार्कीलाई भने सामान्य चोटपटक लागेको प्रहरीले जनाएको छ । रासस

प्रकाशित मिति: मंगलबार, साउन २२, २०८१  १८:३२
प्रतिक्रिया दिनुहोस्