site stats
बाह्रखरी :: Baahrakhari
विदेश
बन्दी आदानप्रदानसम्बन्धी सहमतिको समाचार प्रकाशित गर्दा पत्रकारले गुमाए जागिर

वासिंटन । हालै अमेरिकासहित पश्चिमा मुलुक र रुसबीच बन्दी आदानप्रदानसम्बन्धी सहमतिको समाचार प्रकाशित गर्दा ब्लुमबर्ग न्यूजका ह्वाइट हाउस रिपोर्टरले जागिर गुमाउनु परेको छ । 

समाचारको इम्बार्गो (निषेध) तोडेकोमा उनलाई जागिरबाट हटाइएको जनाइएको छ । जेनिफर जाकोब नामकी ती रिपोर्टरलाई जागिरबाट हटाइएको हो । उनलाई अनुशासनको कारबाही गरिएको बताइएको छ । ज्याकोब्ससहित दुईजनाले सो समाचार बाइलाइनमा लेखेका थिए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

बन्दी आदानप्रदानसम्बन्धी सहमतिमा २४ जनालाई रिहा गरिएको थियो जसमा वाल स्ट्रिट जर्नलका रिपोर्टर इभान गेर्सकोभिच पनि थिए । 

इभानलाई जासुसी गरेको आरोपमा रुसको जेलमा राखिएको थियो । सोसम्बन्धी समाचारमा इभानसहित अन्य बन्दीहरू रुसको हातबाट फुत्किसकेपछि मात्रै समाचार प्रकाशित गर्ने इम्बार्गो थियो ।

यद्यपि, ब्लुमबर्गले बिहान ७ बजेर ४१ मिनेट जाँदा नै समाचार प्रकाशित गर्‍यो र एक सम्पादकले एक्समा लेखे, “यो समाचार ब्रेक गर्न मदत गर्नु मेरो करियरको सबैभन्दा ठूलो सम्मान हो । मलाई मेरो काम र मेरा सहकर्मीहरू मनपर्छ ।”

करिब एक घण्टापछि ब्लुमबर्गको स्टोरीको अपडेट गरियो, “यस स्टोरीको अघिल्लो संस्करणलाई सच्याइएको छ, अमेरिकीहरू अझै रिलिज भएका छैनन् ।”

११ बजेपछि मात्रै अमेरिकी लगायतका बन्दीहरू रुसी हिरासतबाट मुक्त भएको कन्फर्म भएपछि मात्रै समाचार प्रकाशित गरिएको थियो । अगाडि नै समाचार प्रकाशित गर्दा बन्दी आदानप्रदान प्रक्रिया नै खतरामा पर्न सक्थ्यो भनेर इम्बार्गो तोडिएकोमा प्रश्न उठेको हो । यद्यपि, सो समाचारले खासै बन्दी आदानप्रदानमा भने असर गरेको थिएन ।

जर्नलका स्टाफ तथा अन्य आउटलेटहरू पनि ब्लुमबर्गले इम्बार्गो तोडेकोमा क्रुद्ध भएका थिए । ब्लुमबर्ग न्यूजका प्रधान सम्पादकले पछि व्यक्तिगत पत्र पठाएर रिहा भएका अमेरिकी नागरिकसँग माफी मागेका थिए । उनले वाल स्ट्रिट जर्नलका प्रधान सम्पादकसँग पनि तत्कालै क्षमायाचना गरेको जनाइएको छ । एजेन्सी

प्रकाशित मिति: बुधबार, साउन २३, २०८१  १३:४८
प्रतिक्रिया दिनुहोस्