site stats
बाह्रखरी :: Baahrakhari
खेल
फाइनलअघि भारतीय रेस्लर फोगट अयोग्य ठहर 
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । पेरिस ओलम्पिक–२०२४ अन्तर्गत भारतीय महिला रेस्लर भिनेश फोगट ५० केजी फ्रिस्टाइल फाइनलको केही घण्टाअघि मात्रै अयोग्य ठहर भएकी छन् । 

उनले बुधबार स्वर्ण पदकका लागि खेल्ने तालिका थियो । तर, खेलको केही समयअघि मात्रै ओलम्पिक कमिटीले फोगटको तौल बढी रहेको भन्दै अयोग्य ठहर गरेको हो । “भारतीय प्रतिस्पर्धी भिनेस फोगट महिला रेस्लिङ ५० केजी क्याटागोरीमा अयोग्य ठहर भएकी छन्,” भारतीय ओलम्पिक कमिटीले जारी गरेको विज्ञप्तिमा उल्लेख, “टिमले गए राति गरेको अथक मेहनतका बावजुद ५० केजी क्याटागोरीमा फोगटको केही ग्राम बढी तौल देखिएको छ ।” 

फाइनलका लागि अयोग्य ठहर भएपछि फोगटले भारतभरबाट सान्त्वना पाइरहेकी छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि फोगटलाई सान्त्वना दिँदै उनी ‘विजेताहरूको विजेता’ भएको बताएका छन् । “फोगट भारतको गौरव र हरेक भारतीयका लागि प्रेरणा हुन्,” भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जाल एक्समा लेखेका छन् ।

प्रकाशित मिति: बुधबार, साउन २३, २०८१  १५:४०
प्रतिक्रिया दिनुहोस्