site stats
बाह्रखरी :: Baahrakhari
विदेश
बंगलादेशको घटनाबारे के भन्यो चीनले ?

बेइजिङ । चीनले बंगलादेशमा चाँडै शान्ति बहाल हुने अपेक्षा गरेको छ । बंगलादेशमा पछिल्लो घटनाक्रमका बारेमा चीनले प्रतिक्रिया जनाएको हो ।

चीनको विदेश मन्त्रालयका प्रवक्ताले भनेका छन्, “बंगलादेशको घटनाक्रमबारे चीनले नजिकबाट नजर लगाइरहेको छ । बंगलादेश छिमेकी मित्र र रणनीतिक सहयोगी भएको नाताले चीनको अपेक्षा छ कि त्यहाँ चाँडै शान्ति स्थापना हुनेछ ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

चीनको सरकारी मुखपत्र ग्लोबल टाइम्सले एउटा आलेखमा बंगलादेशको आन्दोलन राजनीतिक रूपले मात्र प्रेरित नभई मजबुत आर्थिक कारण पनि रहेको जनाएको छ ।

पूर्वप्रधानमन्त्री शेख हसिना वाजेदले छिमेकी चीन र भारत दुवैसँग सन्तुलित व्यवहार गर्दै आएकी थिइन् । उनी विद्यार्थी आन्दोलनको अप्ठ्यारो अवस्थामा गएको सोमबार राजीनामा दिएर भारत प्रस्थान गरेकी थिइन् । बीबीसी हिन्दीबाट ।

प्रकाशित मिति: बिहीबार, साउन २४, २०८१  ०९:१७
प्रतिक्रिया दिनुहोस्