site stats
बाह्रखरी :: Baahrakhari
देश
काठमाडौं जाँदै गरेको हेलिकोप्टर धादिङमा आकस्मिक अवतरण

मलेखु (धादिङ) । पोखराबाट बिरामी लिएर काठमाडौं जाँदै गरेको हेलिकोप्टर धादिङमा आकस्मिक अवतरण गरिएको छ ।

ठूलो पानी परेको र बादलले गर्दा मौसममा खराबीका आएका कारण धादिङको थाक्रे गाउँपालिका–७, आठकिलो भन्ने ठाउँमा सुरक्षित अवतरण गराएको हो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

पोखराको मणिपाल अस्पतालबाट दमको बिरामी बोकेर काठमाडौं आउँदै गरेको कैलास हेलिकोप्टर सर्भिसेजको नाइन एन–ए.एम.एल हेलिकोप्टर खाली चौरमा अवतरण गरिएको थाक्रे गाउँपालिका–७ का वडाध्यक्ष युवराज खतिवडाले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रले खराब मौसमका कारण काठमाडौंतर्फ जान जोखिम देखिएपछि पाइलटले सुरक्षित ठाउँमा अवतरण गराएको जानकारी प्राप्त भएको जनाए । रासस  

प्रकाशित मिति: मंगलबार, साउन २९, २०८१  १८:२६
प्रतिक्रिया दिनुहोस्