site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
टीआरसी विधेयक अघि बढ्दा प्रचण्डले किन सम्झिए गिरिजाप्रसादलाई ?

काठमाडौं । नेकपा माअ‍ोवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले टीआरसी विधेयक अघि बढ्ने भएपछि स्वर्गीय गिरिजाप्रसाद कोइरालालाई स्मरण गरेका छन् । 

बेपता छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धी ऐन तेस्रो संशोधन विधेययकमा दलीय सहमतिपछि प्रतिनिधिसभाबाट आजै पारित गर्ने कार्यसूची छ । उनले विधेयक पारित हुँदा संक्रमणकालीन न्याय निरुपणका लागि फराकिलो बाटोमा पुगिएको भन्दै नेपाली कांग्रेसका तत्कालीन सभापति तथा सात दलीय गठबन्धनका नेता कोइरालालाई स्मरण गरेका हुन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“यो विधेयक पारित भइरहँदा कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालालाई सम्झन चाहन्छु । सात दलीय गठबन्धन र गिरिजाप्रसाद कोइराला मेरो साझेदार हुनुहुन्थ्यो,” प्रचण्डले भने, “अस्पतालको बेडको अन्तिम भेटमा म पछि शान्ति प्रक्रियाको सम्पूर्ण काम तपाईंको जिम्मा भन्नुभएको थियो ।” 

उनले आजको दिनलाई दूरगामी महत्वको दिन भन्दै शान्ति प्रक्रियाका अभिन्न अंगका रूपमा संक्रमणकालीन न्याय अघि बढ्दा हजारौँ सहिदको सपना साकार भएको बताए । 

“उपलब्धी संस्थागत गर्दै फराकिलो बाटोमा अघि बढ्न संस्थागत आधार तयार भएको छ । यसका लागि योगदान गर्ने सबैलाई धन्यवाद ! सबैको साझा प्रयासले यो ठाउँसम्म आएका छौँ,” प्रचण्डले भने, “आज यो विधेयक अघि बढे पनि कार्यान्वयनको जटिलता भने कायम नै छ ।”

प्रकाशित मिति: बुधबार, साउन ३०, २०८१  १४:२०
प्रतिक्रिया दिनुहोस्