site stats
बाह्रखरी :: Baahrakhari
कला
‘कार्साङ’मा बिजुवाको भूमिकामा हुन् दयाहाङ ?

काठमाडौं । चलचित्र ‘कार्साङ’बाट अभिनेता दयाहाङ राईको तस्बिर सार्वजनिक भएको छ । तस्बिरमा उनी गाउँले युवाको भूमिकामा देखिएका छन् । 

उनको अगाडि एउटा ड्यांग्रो छ । कतै बिजुवा बस्न जाँदै गरेको जस्तो देखिन्छ । दयाहाङ अगाडि एक महिला समेत रहेकाले यसलाई थप पुष्टि गर्छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यो ढ्यांग्रोले यो सिनेमामा दयाहाङ बिजुवाको भूमिकामा त छैनन् भन्ने शंका जन्माएको छ ।  

अभिनेता दयाहाङ राईको मुख्य भूमिका रहेको सिनेमा ‘कार्साङ’को छायांकन अन्तिम चरणमा छ । साउन १५ गते सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकास्थित यार्सामा सिनेमाको शुभमुहूर्त गर्दै छायांकन थालिएको थियो । 

सामाजिक कथावस्तुमा निर्माण हुने सिनेमामा दयाहाङ राई, सिर्जना निङ्लेकु, जितु नेपाल, दीया मास्के, बुद्धि तामाङ, सृष्टि गौतम, छुकी शेर्पा, एसएिली लिम्बू, राशी लिम्बु, सोहन थापा, कर्मा शेर्पा, छोकी शेर्पा, पवन गोले र सृष्टि ढुंगानाको अभिनय रहनेछ । 

यार्सा फिल्मस् र पुरुषोत्तम प्रधान फिल्मसको प्रस्तुतिमा निर्माण हुन लागेको सिनेमालाई यम शेर्पाले निर्देशन गरिरहेका छन् । उनको यो डेब्यू निर्देशकिय सिनेमा हो । 

चलचित्रमा निर्देशक स्वयंमको कथा, पटकथा तथा संवाद लेखन छ । सिनेमाका निर्माता पुरुषोत्तम प्रधान हुन् । सिनेमामा निर्माता प्रधानकै डीओपी रहनेछ ।

गोविन्द बोहरा सह–निर्माता रहेको सिनेमाका कार्यकारी निर्माता आङछिरिङ शेर्पा, लाइन प्रोड्युसर वीरेन्द्र शाही हुन् । मनोज थापा मगर, सेलो गायक एवम् संगीतकार विश्व दोङ संगीत रहने सिनेमाको मुख्य सहायक निर्देशकमा सुदीप कुँवर, अभि लामाको कोरियोग्राफी, दिलीप पन्त प्रोडक्सन म्यानेजर हुन् । 
 

प्रकाशित मिति: बिहीबार, साउन ३१, २०८१  १२:०६
प्रतिक्रिया दिनुहोस्