site stats
बाह्रखरी :: Baahrakhari
खेल
प्रधानमन्त्री र महिला भलिबल खेलाडीबीच भलाकुसारी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार बिहान करिब दुुई घण्टा राष्ट्रिय महिला भलिबल टोलीसँग व्यतीत गरेका छन् । प्रधानमन्त्री ओली, खेल प्रशिक्षक एवं खेलाडीबीच भलिबलले हालसम्म हासिल गरेका उपलब्धि, थप पूर्वाधार विकास र आगामी अन्तर्राष्ट्रिय खेलमा नेपालले  कसरी विजय सुनिश्चित गर्न सक्छ भन्ने विषयमा छलफल भएको थियो ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ‘ब्रेकफास्ट’सँगै मुलुकको कार्यकारी प्रमुखसँग सम्भवतः पहिलोपटक यसप्रकारको भलाकुसारी गर्ने अवसरले आफूहरूलाई उत्साहित तुल्याएको खेल नेतृत्वकर्ता, प्रशिक्षक र खेलाडीले बताए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

प्रधानमन्त्री ओलीसँगको छलफलमा नेपाली महिला भलिबल टोलीका मुख्य प्रशिक्षक जगदीशप्रसाद भट्ट, कप्तान अरुणा शाही, नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्द, खेलाडी सरस्वती चौधरीलगायत सहभागी थिए ।

प्रधानमन्त्री ओलीले दुुई साताअघि सम्पन्न काभा वुमन्स नेसन्स भलिबल प्रतियोगिताको फाइनल खेल हेर्न आफूले चाहे पनि मन्त्रिपरिषद्को आकस्मिक बैठकका कारण जान नसकेको अवगत गराए । खेलाडीको प्रगति, चाहना र मागबारे आफू जानकार रहेको उनले बताए ।

उनले प्रतियोगिताका उपविजेता खेलाडीलाई सरकारले जनही तीन लाख रुपैयाँ दिने निर्णय गरेको जानकारी गराए । खेलाडीले त्यसका निम्ति प्रधानमन्त्री ओलीप्रति आभार व्यक्त गरेका थिए ।

भलिबल खेलको विकासका निम्ति प्रधानमन्त्री ओलीले अन्तर्राष्ट्रियस्तरको कभर्ड हल बनाउने संकल्प गरे । “सरकारको ढुकुुटीमा धेरै रकम छैन, तर हामी गर्नैपर्ने काम गर्नेछौँ । आगामी खेलमा जित्छौँ, जुन तपाईंहरूको मनोबल छ, त्यो साकार होस्,” उनले भने, “हामीले खेल खेल्ने जित्नकै लागि हो । त्यसकारण जित्छु भन्ने आशा बोकेर लाग्नुुस्, सफलता पक्कै मिल्नेछ ।’’

प्रधानमन्त्री ओलीले गएको महिना रुसी महिला भलिबल खेलाडीले आफूूसँगकोे भेटमा नेपाली टोलीको प्रशंसा गरेको स्मरण गरे । विश्वस्तरका खेलाडीबाट गरिएको प्रशंसाभित्र नेपाली टोलीको सम्भावना लुकेको उनले बताए । रासस

प्रकाशित मिति: सोमबार, भदौ ३, २०८१  १४:४९
प्रतिक्रिया दिनुहोस्