site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कांग्रेस–एमालेलाई सांसद सिंहको कटाक्ष– त्रिविको जग्गा आधाआधा बाँड्नू
फाइल तस्बिर ।

काठमाडौं । सांसद अमरेश सिंहले नेपाली कांग्रेस र नेकपा (एमाले)लाई  त्रिभुवन विश्वविद्यालय (त्रिवि)को जग्गा आधाआधा बाँड्नू भन्दै कटाक्ष गरेका छन् । बिहीबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा उनले त्रिविको सम्पत्तिमा पार्टी कार्यालय बनाउनू भन्दै व्यंग्य गरे ।

“त्रिभुवन विश्वविद्यालयको दशा दुईवटा दलले गरेको छ । दुई दलले आधाआधा सम्पत्ति बाँडौँ र पार्टी अफिस बनाऔँ,” उनले भने ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनले दुई दलले विद्यार्थीलाई विदेश लखेटेको भन्दै पार्टीका नाममा जग्गा दर्ता गराए हुने बताए 

उनले भ्रष्टाचारका मुद्दामा हदम्याद राख्न नहुनेमा पनि जोड दिए । “पाँच वर्षको समय दिएर भ्रष्टाचारीलाई जोगाउन खोजिएको हो ? यो राख्नु हुँदैन,” उनले भने ।

प्रकाशित मिति: बिहीबार, भदौ ६, २०८१  १४:११
प्रतिक्रिया दिनुहोस्