site stats
बाह्रखरी :: Baahrakhari
देश
नयाँ ऐन नबन्दा पाँच वर्षदेखि नवीरकण रोकिएको निजी अस्पतालहरूको गुनासो

काठमाडौं । निजी स्वास्थ्य संस्थाहरूको छाता संगठन अफिनले स्वास्थ्य संस्था स्थापना स्तरोन्नति तथा नवीकरणसम्बन्धी ऐन छिटो बनाउन माग गरेको छ । ऐन नबन्दा पाँच वर्षदेखि अस्पतालहरूको नवीकरण प्रक्रिया रोकिएको अफिनले जनाएको छ ।

२६ देखि २०० शय्यासम्मका अस्पताल स्थापना र नवीकरणको अधिकार प्रदेश सरकारलाई भए पनि वाग्मती प्रदेश सरकारले आवश्यक कानुन नबनाउँदा अस्पतालहरू नवीकरण हुन नसकेको अफिनको गुनासो छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

अस्पताल नवीकरण नहुँदा बैंकिङ कारोबार, सामाजिक सेवा इकाइमार्फत प्रवाह हुने सेवा, नयाँ उपकरण आयात, स्वास्थ्य बिमाको भुक्तानीलगायतका काम प्रभावित बनेको अफिनका अध्यक्ष डा. पदमबहादुर खड्काले बताए ।

प्रादेशिक ऐन नबनेसम्मका लागि संघीय ऐनअनुसार नै नवीकरण हुनुपर्ने उनले दाबी गरे । जनस्वास्थ्य ऐन, २०७५ को नियमावली, २०७७ अनुसार पाँच वर्षलाई इजाजत दिने निकायले नै नवीकरण गराउनुपर्ने व्यवस्थासमेत कार्यान्वयन गर्नुपर्ने अफिनको माग छ ।

प्रकाशित मिति: बिहीबार, भदौ ६, २०८१  १७:१७
प्रतिक्रिया दिनुहोस्