site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
ऐनमै टेकेर धितोपत्र बोर्डको अध्यक्ष नियुक्त हुन्छ : अर्थमन्त्री पौडेल
फाइल तस्बिर ।

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले धितोपत्र बोर्डको अध्यक्ष ऐनमा भएको व्यवस्थाअनुसार नै नियुक्त हुने बताएका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री पौडेलले धितोपत्र बोर्डको अध्यक्ष धितापत्र ऐनबमोजिम नै नियुक्त हुने बताएका हुन् ।

नेपाल धितोपत्र बोर्ड सम्बन्धी ऐन, २०६३ को दफा ७ ले व्यवस्था गरेको कानुनी प्रक्रिया र विधिबामोजिम अध्यक्ष नियुक्त हुने मन्त्री पौडेलको भनाइ छ । यसमा कसैले प्रभाव पार्ने भन्ने विषय नै नहुने उनको भनाइ छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

धितोपत्र बोर्डको अध्यक्ष सिफारिस समितिले सिफारिस गरेबमोजिम अध्यक्ष नियुक्त हुने व्यवस्था भएको भन्दै मन्त्री पौडेलले कुनै पनि पार्टी तथा पार्टीका नेताले भनेको मान्छे नियुक्त नहुने पनि स्पष्ट पारे ।

“कुनै पनि पार्टी वा कुनै पनि नेताले वा कसैले चाहेर हुने कुरा यो हैन,” उनले भने, “निर्णय प्रक्रिया पारदर्शी ढंगले स्वच्छ ढंगले सम्पन्न हुन्छ भन्ने कुरा म यहाँ स्पष्ट गर्न चाहान्छु ।”

प्रकाशित मिति: बिहीबार, भदौ ६, २०८१  १८:३८
प्रतिक्रिया दिनुहोस्