site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक बस्दै 
फाइल तस्बिर ।

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) केन्द्रीय कमिटीको बैठक आज बस्दै छ । 

पार्टीको केन्द्रीय संरचना निर्माण र विविध विषयमा छलफल गर्न केन्द्रीय पदाधिकारीसहितको बैठक बिहान ११ बजेका लागि बोलाएको उपाध्यक्ष जगन्नाथ खतिवडाले जानकारी दिएका छन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

नयाँ बानेश्वरस्थित अर्पण बैंक्वेटमा बस्ने बैठकमा नेताहरूको योगदान, कार्यक्षमताका आधारमा स्थायी समिति, सचिवालय गठनलगायत विषयमा छलफल गरी केही नेताहरुको जिम्मेवारी हेरफेर गरिने उनले बताए ।

पार्टीमा ३४४ सदस्यीय केन्द्रीय कमिटीको व्यवस्था गरिएको छ । केन्द्रीय कमिटी सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि निर्देशन दिइएको छ । केन्द्रीय पदाधिकारीमा निर्वाचित हुन नसकेका नेतालाई व्यवस्थापन गर्ने, केही नेताहरूलाई विभाग तथा आयोगमा समेट्ने जनाइएको छ ।

प्रकाशित मिति: बिहीबार, भदौ १३, २०८१  ०८:१९
प्रतिक्रिया दिनुहोस्