site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
साहित्य महोत्सव आयोजकको पीडा : ‘आयोजनापछि हेल्मेट लगाएर हिँड्नु पर्छ’
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । साहित्यिक महोत्सवका लागि आर्थिक अभाव झेल्नु परेको आयोजकहरूले बताएका छन् । तेस्रो काठमाडौं कलिङ साहित्य महोत्सवमा ‘साहित्यिक महोत्सवको आवश्यकता र महत्व’ शीर्षकमा बोल्दै आयोजकहरूले महोत्सव गर्दाको दौडधूप र आर्थिक अभावको विषयमा अनुभव सुनाएका छन् । 

इलाम साहित्य महोत्सवका आयोजक प्रकाश थाङ्सुहाङले साहित्यिक महोत्सव सञ्चालन गर्न आवश्यक पैसाको अभाव हुने गरेको बताए । आर्थिक सहयोग संकलन गर्दाको अनुभव सुनाउँदै भने, “कार्यक्रम सकिएपछि नयाँ नम्बरबाट फोन आयो भने उठाउन पनि डर लाग्छ, कसैले चिन्छ भनेर हेलमेट लगाएर हिँड्नपर्छ ।” 
 
जनकपुर साहित्यक महोत्सवका आयोजक अमित कुमार शाहले अहिलेसम्म पाँचौं संस्करण सम्पन्न गरे । तर महोत्सवमा आर्थिक सहयोगका लागि सम्झौता भए पनि सहयोग नपाएको गुनासो गरे । 
 
शाहले भने, “महोत्सव गर्ने बेलामा आर्थिक सहयोगको सम्झौता हुन्छ तर पैसा उठाउन भने समस्या हुन्छ । सम्झौता अनुसार सहयोग पाउन सकेको छैन ।” 

साहित्यकार तथा लेखक शैलेन्द्र अधिकारीले साहित्यिक महोत्सवको मुख्य उद्देश्य पढ्ने संस्कृति विकास गर्नु रहेको बताए । उनले भने, “नेपाली साहित्य र अहिलेको जेन्जी पुस्ताबीच ठूलो खाडल छ, जेन्जीलाई साहित्य बुझाउनु नै महोत्वको मुख्य उद्देश्य हुन्छ ।” 
 
महोत्सवबाट विद्यार्थी सन्तुष्ट हुन नसकेको बताउँदै उनले ‘जेन्जी पुस्ता’को भाषामा नै साहित्य बुझाउन आवश्यक रहेको बताए । 

प्रकाशित मिति: आइतबार, भदौ २३, २०८१  १३:०३
प्रतिक्रिया दिनुहोस्