site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
महालक्ष्मी विकास बैंक र राउन्ड टेबल नेपालबीच सहकार्य

काठमाडौं । महालक्ष्मी विकास बैंक र राउन्ड टेबल नेपालबीच बैंकबाट दैनिक रूपमा निस्कने डिस्पोजेबल कागज उचित रूपमा विसर्जन गर्ने सम्बन्धमा सहकार्यको सुरुआत भएको छ । पुराना कागज नष्ट गर्ने कार्यलाई निरुत्साहित गर्न सचेतना अभिवृद्धि गर्ने तथा पुनः प्रयोग र पुनः प्रशोधनमार्फत वातावरण संरक्षण गर्दै सामाजिक रूपमा पिछडिएका विधार्थीको शौक्षिक विकास गर्ने मूल उद्देश्यका साथ सहकार्य गरिएको हो ।

सहकार्यअन्तर्गत राउन्ड टेबल नेपालले महालक्ष्मी विकास बैंकका विभिन्न कार्यालयमा रहेका डिस्पोजेबल कागज संकलन गर्नेछ । यसरी संकलित कागज राउन्ड टेबल नेपाल र महालक्ष्मी विकास बैंकको प्रत्यक्ष निगरानीमा तोकिएका कागज उत्पादक कम्पनीलाई पुनः प्रशोधनका निम्ति दिइने र त्यसबापत प्राप्त रकम गरिब तथा असहाय विधार्थीको शिक्षामा पहुँच विस्तार गर्दै शैक्षिक विकासका निम्ति खर्च गरिनेछ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यसबाट बैंकले गर्दै आएको संस्थागत सामाजिक उत्तरदायित्व कार्य तथा राउन्ड टेबल नेपालको ‘बालबालिकालाई शिक्षित गरौँ’ भन्ने परियोजनामा थप टेवा पुग्ने विश्वास दुवै संस्थाले लिएका छन् ।

बैंकको देशभर १०३ शाखा कार्यालय र करिब आठ लाख ग्राहक छन् ।

प्रकाशित मिति: आइतबार, भदौ २३, २०८१  १५:४८
प्रतिक्रिया दिनुहोस्