site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सत्तारूढ दलको बैठक सुरु
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । सत्तारूढ दलका शीर्ष नेताहरूसहितको बैठक सुरु भएको छ । बैठक प्रधानमन्त्री निवास, बालुवाटारमा बसेको हो ।

बैठकमा प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, जनता समाजवादी पार्टीका अध्यक्ष अशोककुमार राई, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठलगायत सहभागी छन् ।

सरकारको साझा न्यूनतम कार्यक्रमलगायत समसामयिक विषयमा छलफल हुने बताइएको छ ।

प्रकाशित मिति: सोमबार, भदौ २४, २०८१  १६:५८
प्रतिक्रिया दिनुहोस्