site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
७० हजार उडान ‘साइकल’ गरेको बुद्धको एटीआर ४२ विमानको बिदाइ (तस्बिरहरू)

काठमाडौं । बुद्ध एयरले आफ्नो एटीआर ४२ (नाइन एन–एआईएन) विमानको बिदाइ गरेको छ । यो विमानले सन् २००८ सेप्टेम्बर १७ मा माउन्टेन फ्लाइटबाट व्यावसायिक उडान सुरु गरेको थियो । मंगलबार बिहान अन्तिम माउन्टेन फ्लाइट गर्‍यो ।

१६ वर्षको सेवापछि विमान उडाउन बन्द गरेर ह्यांगरमा राखिएको छ । यो विमानलाई बुद्ध एयरका कर्मचारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘वाटर स्यालुट’सहित बिदाइ गरे । ७० हजार उडान साइकलपछि एटीआर ४२–३२० नाइन एन–एआईएन विमानको बिदाइ गरिएको हो ।

बुद्ध एयरमार्फत नेपाली आकाशमा ४० हजार टेकअफ ल्यान्ड गर्दै ७० हजार उडान साइकल पूरा गरेको विमानले यहाँ १८ लाख यात्रुलाई सेवा दिएको छ । एक टेकअफ र ल्यान्डिङबराबर एक उडान साइकल हुन्छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

एटीआर विमान उत्पादक कम्पनीले उत्पादन गरेको मध्ये पूरा समय ७० हजार उडान साइकलपछि बिदाइ हुने नाइन एन–एआईएन पहिलो विमान भएको बुद्ध एयरले जनाएको छ ।

नेपालमा मात्र यसले ४० हजार उडान साइकल गरेको छ । ४७ सिट क्षमताको यो विमान १९९७ डिसेम्बर २८ देखि उड्न थालेको थियो ।

थप तस्बिर हेर्नोस्–

buddha_air_sunilpradhan_12khariphoto-312-1725949920.jpg

buddha_air_sunilpradhan_12khariphoto-314-1725949920.jpg

buddha_air_sunilpradhan_12khariphoto-310-1725949919.jpg

buddha_air_sunilpradhan_12khariphoto-311-1725949919.jpg

buddha_air_sunilpradhan_12khariphoto-306-1725949917.jpg

buddha_air_sunilpradhan_12khariphoto-307-1725949917.jpg

buddha_air_sunilpradhan_12khariphoto-308-1725949918.jpg

buddha_air_sunilpradhan_12khariphoto-309-1725949918.jpg

buddha_air_sunilpradhan_12khariphoto-304-1725949917.jpg

buddha_air_sunilpradhan_12khariphoto-305-1725949917.jpg

buddha_air_sunilpradhan_12khariphoto-319-1725949950.jpg

buddha_air_sunilpradhan_12khariphoto-320-1725949950.jpg

buddha_air_sunilpradhan_12khariphoto-317-1725949949.jpg

buddha_air_sunilpradhan_12khariphoto-318-1725949949.jpg

buddha_air_sunilpradhan_12khariphoto-315-1725949948.jpg

buddha_air_sunilpradhan_12khariphoto-316-1725949948.jpg

तस्बिरहरू : सुनिल प्रधान/बाह्रखरी ।

प्रकाशित मिति: मंगलबार, भदौ २५, २०८१  १२:२१
प्रतिक्रिया दिनुहोस्