site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
के हुन्छ बुद्ध एयरले बिदाइ गरेको जहाज ?

काठमाडौं । नेपालमा १६ वर्ष उडेपछि बुद्ध एयरको जहाजले व्यावसायिक उडानबाट बिदा लियो । एटीआर ४२ (नाइन एन एआईएन) जहाज मंगलबार बिहान अन्तिम माउन्टेन फ्लाइटपछि ‘ह्याङ्गर’मा पुगेको हो ।

नेपाली आकाशमा सन् २००८ सेप्टेम्बर १७ मा माउन्टेन फ्लाइटबाटै व्यावसायिक उडान सुरु गरेको जहाजले मंगलबार बिहान पनि आफ्नो अन्तिम उडानका रूपमा 'माउन्टेन फ्लाइट' गरेको थियो ।

एटीआर फ्लाइटमा ७० हजार ‘साइकल’ उडान गर्ने यो पहिलो जहाज भएको बुद्ध एयरका टेक्निकल निर्देशक मंगेश थापा बताउँछन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

buddha_air_sunilpradhan_12khariphoto-307-1725949917.jpg“बुद्ध एयरमार्फत नेपाली आकाशमा नै ४० हजार टेकअफ ल्यान्ड गर्दै ७० हजार उडान साइकल पूरा गरी नेपालमा १८ लाख यात्रुलाई सेवा दिएको छ । (एक टेकअफ र एक ल्यान्डिङ बराबर एक उडान साइकल हुन्छ),” उनी भन्छन्, “उडानमा आफ्नो पूर्ण समय खर्चिएको एटीआर ४२–३२० जहाज एटीआर जहाज उत्पादक कम्पनीले उत्पादन गरेको जहाजमध्ये पूरा समय ७० हजार उडान साइकलपछि बिदाइ हुने यो नै पहिलो हो ।” 

नेपालमा मात्र यस जहाजले ४० हजार साइकल उडान गरेको छ । ४७ सिट क्षमताको यो जहाज सन् १९९७ डिसेम्बर २८ बाट उड्न थालेको थियो ।

ह्याङगरमा जानुअघि उक्त जहाजलाई बुद्ध एयरका कर्मचारीहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वाटर ‘स्यालुट’सहित बिदाइ गरेका थिए ।

buddha_air_sunilpradhan_12khariphoto-315-1725949948.jpgअब के हुन्छ जहाज ?

व्यावसायिक उडान अवधि समाप्त भएपछि जहाज के हुन्छ भन्ने धेरैलाई लाग्न सक्छ । यसै विषयमा बाह्रखरीले टेक्निकल निर्देशक थापासँग सोध्दा भन्छन्, “यसका सामानहरू झिकेर नागरिक उड्ड्यान प्राधिकरणको फायर फाइटर डिपार्टमेन्टमा जान्छ । त्यहाँ जहाज फायर फाइटर तथा रेस्क्यू तथा अन्य विभिन्न अध्ययन अनुसन्धानमा प्रयोग गर्नका लागि जाने छ ।”

तस्बिरहरू : सुनिल प्रधान/बाह्रखरी

प्रकाशित मिति: मंगलबार, भदौ २५, २०८१  १५:१०
प्रतिक्रिया दिनुहोस्