site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
रविको प्रतिवेदन– मलाई पुर्न खनेको खाल्डोमा कांग्रेस आफैँ खस्यो, एमाले आफैँ फस्यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूविरुद्ध प्रमाण भएको बताउनेहरू अहिले पत्रकारले खोज्दा नभेटिने ठाउँमा बसेको बताएका छन् ।

नेपाली कांग्रेसका महामन्त्री गगन थापाप्रति लक्षित गर्दै लामिछानेले गर्दै उनले भनेका छन्, "अस्तिसम्म हामीसँग प्रमाण छ भन्नेहरू अहिले पत्रकारले खोज्दा नभेटिने ठाउँमा बस्नुपरेको छ । सहकारीको पैसा लियो र खायो भन्नेहरूले सहकारीको पैसा लिएको चै होइन रहेछ, तर... भन्दै बोली लरबराएको, शब्दजाल बुनेर बस्नु परेको छ," लामिछानेले पार्टीको राष्ट्रिय भेलामा बुधबार प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा भनेका छन् ।

उनले राज्यका सारा संरचना लगाएर आफूलाई 'पुर्न सकिन्छ कि भनेर खनेको खाल्डोमा कांग्रेस आफैँ खसेको, एमाले आफैँ फसेको' दाबी गरेका छन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

प्रतिवेदनको अंश–

अस्तिसम्म हामीसँग प्रमाण छ भन्नेहरू अहिले पत्रकारले खोज्दा नभेटिने ठाउँमा बस्नु परेको छ । सहकारीको पैसा लियो र खायो भन्नेहरूले सहकारीको पैसा लिएको चै होइन रहेछ, तर ... भन्दै बोली लरबराएको, शब्दजाल बुनेर बस्नु परेको छ । संसदीय समितिले प्रस्ट भन्यो कि, सहकारीबाट रवि लामिछानेले एक पैसा लिएको भेटिएन ।

अझै केही भ्रमहरू छन्, ति पनि तोडिन्छन् । एउटा शेयर सदस्य एवं कर्मचारीकारूपमा संस्थामा आएको पैसाको चेक काट्यो, कर्मचारीलाई तलब दियो भनेर अपराधी करार गर्न खोजिदैछ । कार्यकारी अध्यक्षले ल्याएर संस्थामा राखेको पैसाको स्रोत कुन कर्मचारीले खोज्न मिल्छ ? राज्यको सम्पति शुद्धीकरण, अख्तियार दुरूपयोग अनुसन्धान आयोग, सतर्कता केन्द्र, कर विभाग जस्ता संयन्त्रले हेर्ने कि एउटा कर्मचारीले ? यो जिम्मा नलिए तँ जेल पर्छस् भन्ने हो भने कोही किन कुनै कम्पनीको सम्पतिको जोखिम सहन खान्छ ? यसले निजी व्यवसाय चल्न सक्छ ?

कहिले मसँग प्रमाण छ भन्ने, फेरि त्यो प्रमाण गृहमन्त्रीसँग छ भन्ने, कहिले सहकारी अपचलन भन्ने अनि फेरि गोर्खा मिडिया अपचलन भन्ने । कुरा फेर्दा फेर्दा अब एक दिन उनीहरू ग्यालेक्सी टीभी हेर्नेहरू पनि सहकारी ठग हुन्, भन्ने निष्कर्षममा पुग्ने छन् । हाल गठित सहकारी छानबिन समितिको टीओआरअन्तर्गतका सहकारी मात्रैको तथ्यांकअनुसार ८७ अर्ब रुपैयाँ अपचलन भएको छ ।

मुलधारका मिडियालाई मेरो अनुरोध छ कि, अबको सय दिन मेरो होइन त्यत्रो पैसा हिनामिना गर्नेहरूको पछि लाग्नुहोला । ८७ अर्ब अपचलनको रिपोर्टिङमा सारा संयन्त्र लगाइ दिनुहोला । एकसय दिन मलाई 'ब्रेक दिनुस्' ब्रेकिङ न्यूज पाउनु हुन्छ । राज्यका सारा संरचना लगाएर मलाई पुर्न सकिन्छ कि भनेर खनेको खाल्डोमा कांग्रेस आफैं खस्यो, एमाले आफै फस्यो ।

पार्टीको तहतहमा बसी सहकारी ठगी गर्ने, प्रमाण नै प्रमाण भएका, विदेश भागेका, देशमा लुकेर अनुसन्धान प्रभावित पारेका, पार्टीको झण्डाले लाज छोपेकादेखि जेल छिरेका वास्तविक सहकारी ठगहरूलाई पार्टीभित्रै पालेर अरूलाई ठग भन्दै औंलो ठड्याउन सक्ने तहको प्रशिक्षण कसरी दिइन्छ, बुझिन मैले बुझाइदेउ कसैले !

प्रकाशित मिति: बुधबार, असोज २, २०८१  २०:२०
प्रतिक्रिया दिनुहोस्