site stats
बाह्रखरी :: Baahrakhari
देश
ग्यास बुलेटको ठक्करबाट साइकलयात्रीको मृत्यु

वाग्मती । पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१ गोरक्षेश्वर मन्दिरनजिकै ग्यास बुलेटको ठक्करबाट गएराति साइकलयात्रीको मृत्यु भएको छ । 

हेटौँडाबाट थानाभर्‍याङतर्फ जाँदै गरेको एनएल ०१ एल ९०२६ नम्बरको ग्यास बुलेटले ठक्कर दिँदा साइकलयात्री भक्तपुरको सुँडाल घर भई हेटौँडा उपमहानगरपालिका–११ थानाभर्‍याङ बस्ने ६० वर्षीय रमेश पाण्डेको मृत्यु भएको प्रहरीले जनाएको छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

ठक्करबाट गम्भीर घाइते पाण्डेलाई उपचारका लागि हेटौँडा अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए । 

प्रहरीले बुलेट र चालकलाई नियन्त्रणमा लिइ अनुसन्धान सुरु गरेको जनाएको छ । रासस

प्रकाशित मिति: शनिबार, असोज ५, २०८१  ०८:४६
प्रतिक्रिया दिनुहोस्