site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
दिपलबारे पारस खड्काले भने– यति धेरै फिचरसहितको गाडी यति कम मूल्यमा यो सेग्मेन्टमै छैनन्

काठमाडौं । नेपालमा विगत केही समयदेखि अटोमोबाइलको क्षेत्रमा सुपरिचित बन्दै गएको चांगन नेपालले आफ्नो निकै लोकप्रिय दीपण ब्रान्डका लागि नेपालका सुप्रसिद्ध क्रिकेटर तथा पूर्व राष्ट्रिय टिम क्याप्टेन एवम हालका नेपाल क्रिकेट संघका सचिव पारस खडकालाई ब्रान्ड एम्बेस्डर घोषणा गरेको छ ।

यसैसम्बन्धी आज होटल म्यारियट काठमाडौंमा गरिएको एक विशेष समारोहमा पारस खड्काले यति धेरै फिचरसहितको गाडी, यति कम मूल्यमा यो सेग्मेन्टमै नभएको बताए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनले आफ्नो अनुभव बताउँदै भने, "मैले जाफैँ यो गाडी चलाएँ । मलाई साँच्चिकै मज्जा लाग्यो, यसका फिचर देखेर । बाहिरबाट हेर्दा मात्र नभई यसको इन्टेरियर पनि निकै गचन रहेछ ।"

स्मरण रहोस् पारस खडका नेपालका सबैभन्दा लोकप्रिय र सफल क्रिकेट खेलाडीको रूपमा चिरपरिचित छन् । उनको मेहनत र लगनशिलताले गर्दा नेपाली क्रिकेट जगतले नै एउटा नयाँ उचाइँ हासिल गरेको छ ।

Dep-1727188038.jpg
 

कुनै पनि प्रोडक्टले ब्रान्ड एम्बेस्डर चयन गर्दा ब्रान्ड र ब्रान्ड एम्बेस्डर बीचको समानता र औचित्यता हेर्ने विश्वव्यापी मान्यता छ । त्यसैले यो सहकार्य पनि आ आफ्नो क्षेत्रमा ब्रान्ड र ब्रान्ड एम्बेस्डर, दुवैको उत्कृष्टताकै कारण पनि निकै सान्दर्भिक मान्न सकिन्छ ।

कार्यक्रममा एमएडब्लू वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकारियाले आफ्नो पर्फर्मेन्स र एक्सिलेन्सप्रति प्रतिबद्ध व्यक्तित्वलाई दिपल ईभीको ब्रान्ड एम्बेसेडर बनाउन पाउँदा गर्व महसुस गरिरहेको बताए ।

केही महिनाअघि सार्वजनिक भएको दिपल एस ०७ आफ्नो उत्कृष्ट डिजाइन, अत्याधुनिक प्रविधि र अद्वितीय पर्फर्मेन्सका कारण लोकप्रिय बनेको छ । यसमा जेस्चर कन्ट्रोल, अग्मेन्टेड रियालिटी हेडअप डिस्प्ले, सनफ्लावर टचस्किन, इन्टेलिजेन्ट ड्राइभिंग मोड लगायत १५ भन्दा बढी फस्ट टाइम इन नेपाल फिचरले भरिएको दिपलले नेपाली इभी बजारमा नयाँ मापदण्ड स्थापना गर्न सफल छ ।

प्रकाशित मिति: मंगलबार, असोज ८, २०८१  २०:१६
प्रतिक्रिया दिनुहोस्