site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रधानन्यायाधीश सिफारिस राउतविरुद्ध ६ उजुरी : श्रीमतीसँगको सम्बन्धदेखि आचरण र फैसलामा प्रश्न 

काठमाडौं । प्रधानन्यायाधीशमा सिफारिस प्रकाशमानसिंह राउतविरुद्ध ६ वटा उजुरी परेका छन् । संसदीय सुनुवाइ समितिमा परेका उजुरीमा श्रीमतीसँगको सम्बन्ध, व्यक्तिगत आचरणमा समेत प्रश्न उठाइएको छ । 

उजुरीकर्ताले उनीमाथि श्रीमतीसँगको सम्बन्धमा प्रश्न उठाउँदै संसदीय समितिमा उच्च नैतिक आचरण नभएको व्यक्ति प्रधानन्यायाधीश हुन नसक्ने दाबी गरेका छन् । सन्तानका विषयमा कुरा नमिलेपछि श्रीमतीसँग पारपाचुके भएको उल्लेख गरेका छन् । बेनामे उजुरीकर्ताले फाइभस्टार होटेलमा पौडी खेल्ने, रेष्टुरामा मोजमस्ती गर्ने, अपार्टमेन्टमा लगानी गर्नेसहितका आरोप लगाएका छन् । चितवन रत्ननगरकी एक विधवाले आफ्नो उठीबास लाग्ने फैसला राउतसहितको इजलासबाट भएको भन्दै मन्जुरीनामा पठाएर आफ्नी छोरीमार्फत उजुरी दर्ता गराएकी छन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

गगने सेडी नाम दिएका अर्का उजुरीकर्ताले राउतको राजनीतिक पृष्ठभूमिबारे उल्लेख गर्दै तटस्थ न्याय कसरी निरुपण हुन्छ भनेर प्रश्न उठाएका छन् । उजुरीकर्ताले रुपन्देही जिल्ला अदालतमा फाँटैपिच्छे चिया खाजाको व्यवस्था नगरेसम्म सेवा नपाइने गरेको उजुरी सर्वोच्च अदालतमा गर्दा न्याय नपाएको भन्दै राउतबाट भ्रष्टाचारजन्य कारोबार बन्द हुन्छन् भनेर कसरी विश्वास गर्ने भन्दै प्रश्न गरेका छन् ।

एक गैरआवासीय नेपालीले दिएको उजुरीमा राउतसँग सवालजवाफ गरिपाउँ भन्ने समेत माग गरिएको छ ।

प्रकाशित मिति: सोमबार, असोज १४, २०८१  १८:१३
प्रतिक्रिया दिनुहोस्