site stats
बाह्रखरी :: Baahrakhari
विदेश
शान्तिपूर्ण अमेरिकी निर्वाचनबारे विश्वस्त छैन : राष्ट्रपति बाइडेन
फाइल तस्बिर ।

वासिङटन । राष्ट्रपति जो बाइडेनले शुक्रबार नोभेम्बरमा हुने अमेरिकी चुनाव शान्तिपूर्ण रहनेमा विश्वस्त नभएको बताएका छन् । सन् २०२० को हारलाई अस्वीकार गर्ने रिपब्लिकन प्रतिद्वन्द्वी डोनाल्ड ट्रम्पको भड्किलो टिप्पणीलाई उद्धृत गर्दै बाइडेनले यस्तो बताएका हुन् ।

ट्रम्पले २०२० मा बाइडेनसँगको हारपछि चुनावमा व्यापक घोटाला भएको आरोप लगाएपछि उनका समर्थकले राजधानीमा तोडफोड गरेका थिए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“म विश्वस्त छु कि यो निर्वाचन स्वतन्त्र र निष्पक्ष हुनेछ । तर, यो शान्तिपूर्ण हुन्छ वा हुँदैन मलाई थाहा छैन,” बाइडेनले सञ्चारकर्मीसित भने, “ट्रम्पले अन्तिमपटक चुनावको नतिजा मन नपराउँदा गरेका टिप्पणीहरू निकै खतरनाक थिए ।” 

रिपब्लिकनको पराजयपछि उनका सयौँ समर्थकले द्वन्द्व फैलाउँदा ट्रम्पमाथि सन् २०२१ मा विद्रोह उक्साएकामा महाभियोग लगाइएको थियो । रासस/एएफपी

प्रकाशित मिति: शनिबार, असोज १९, २०८१  १४:५७
प्रतिक्रिया दिनुहोस्