site stats
बाह्रखरी :: Baahrakhari
विदेश
हुथी नियन्त्रित १५ लक्ष्यमा अमेरिकाको आक्रमण
तस्बिर : एपी ।

वासिङटन । अमेरिकी सेनाले शुक्रबार यमनको हुथी नियन्त्रित क्षेत्रका १५ लक्ष्यमा आक्रमण गरेको जनाएको छ । यमनका चार प्रान्तमा आक्रमण गरिएको इरान समर्थित अल मसीरा टेलिभिजन नेटवर्कले जनाएको छ ।

जहाजमाथि हमला गर्ने हुथीको क्षमतालाई रोक्ने उद्देश्यले संयुक्त राज्य अमेरिका र बेलायतले बारम्बार आक्रमण गरिरहेका छन् । तर, लालसागर र एडनको खाडी पार गर्ने व्यापारिक जहाजमा विद्रोहीको आक्रमण जारी छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

मध्यपूर्वमा अमेरिकी सेनाका निम्ति जिम्मेवार सैन्य कमान्डले सामाजिक सञ्जालमा भनेको छ, “अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम) सेनाले आज यमनको हुथी नियन्त्रित क्षेत्रका १५ हुथी लक्ष्यमा आक्रमण गरेको छ ।”

सेन्टकमले अगाडि भनेको छ, “यी लक्ष्यमा हुथी आक्रामक सैन्य क्षमता थिए । नेभिगेसन स्वतन्त्रताको रक्षा गर्न र अन्तर्राष्ट्रिय जललाई अमेरिका, गठबन्धन र व्यापारिक जहाजका निम्ति सुरक्षित बनाउन यो आक्रमण गरिएको हो ।” 

हुथी समूहले गाजा युद्धको समयमा प्यालेस्टाइनीसँग एकताको संकेत गर्ने उद्देश्यले नोभेम्बरदेखि नै इजरायलसँग सम्बन्धित जहाजमा आक्रमण गर्दै आएको छ ।

हुथी हमलाको जवाफमा इजरायलले पनि यमनमा आक्रमण गरेको छ । विद्रोहीले इजरायलको बेन गुरियन विमानस्थलमा हमला गरेको बदलामा गएको महिना होदेइडामा इजरायली आक्रमणमा कम्तीमा पाँचजनाको मृत्यु भएको थियो । रासस/एएफपी

प्रकाशित मिति: शनिबार, असोज १९, २०८१  १६:१७
प्रतिक्रिया दिनुहोस्