site stats
बाह्रखरी :: Baahrakhari
देश
उपत्यकाबाट आठ लाख यात्रु बाहिरिए

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अनुसार अहिलेसम्म आठ लाख यात्रु दसैँ मान्न काठमाडौं उपत्यकाबाट बाहिरिएका छन् । महासंघका अनुसार यस वर्ष १० लाखको हाराहारीमा यात्रु बाहिरिने अनुमान गरिएको छ । 

महासंघका अध्यक्ष विजय स्वारले यस वर्षको दसैँमा १५ देखि १८ लाख यात्रु उपत्यका बाहिरिने अनुमान गरिए पनि बाढी पहिरोका कारण सडक सञ्चालनमा अवरोध भएपछि अनुमानभन्दा कम बाहिरिएको बताए । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“सडक राम्रो छैन, सर्वसाधारणले कठिन यात्रा गरिरहेका छन्,” उनले भने, “उपत्यका बाहिर घर हुनेले पनि यस वर्ष काठमाडौमै दसैँ मान्ने योजनामा छन्, कयौँ त हवाईयात्राबाट पनि गएका छन् ।”

उनका अनुसार शुक्रबारसम्म दसैँका लागि उपत्यका छोड्ने क्रम जारी रहने भएकाले समग्रमा कति यात्रु उपत्यकाबाट बाहिरिने हुन् भन्ने तथ्यांक आउन बाँकी छ । “आज कति यात्रु बाहिरिएका छन्, साँझसम्म यो क्रम जारी रहन्छ, शुक्रबार पनि बाहिरिन्छन्,” स्वारले भने ।  

काठमाडौं उपत्यका ट्राफिक प्रहरी प्रवक्ता विश्वराज खड्काले दसैँमा आवतजावत बढ्ने हुँदा सडक दुर्घटना न्यूनीकरण गर्न सजगताका साथ राजमार्गहरुमा ‘चेक’ भइरहेको जानकारी दिए । रासस

प्रकाशित मिति: बिहीबार, असोज २४, २०८१  १६:३०
प्रतिक्रिया दिनुहोस्