site stats
बाह्रखरी :: Baahrakhari
देश
विपद् ब्यबस्थापनमा खटिएका सशस्त्र प्रहरी निरीक्षक बडुवालको निधन

काठमाडौं । विपद्को समयमा उद्धार र राहत वितरण कार्यमा खटिएका सशस्त्र प्रहरी निरीक्षक दिलबहादुर बडुवालको निधन भएको छ । असोज २८ गते बिहान नेपाल एपीएफ अस्पताल बलम्बुमा उनको निधन भएको हो । 

विपद् ब्यबस्थापनका लागि सशस्त्र प्रहरी बलले गत असार २ गते काभ्रे जिल्लाको पनौती नगरपालिका –५ आईटी पार्कमा मनसुनजन्य विपद् ब्यबस्थापन बेश स्थापना गरेको थियो । सोही बेशमा साउन ३ गतेदेखि कमान्डर रहेका बडुवाल त्यहीँ कार्यरत थिए । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

पछिल्लो समय असोज ११ गतेदेखिको अबिरल वर्षाका कारण काभ्रेका विभिन्न ठाउँमा भएको धनजनको क्षतिमा उद्धारका लागि उनको कमान्डमा सशस्त्र प्रहरी बल निरन्तर खटिएको थियो । उक्त बेशबाट काभ्रेको रोशी, भूमिडाँडा, बेथानचोक, नार्केबजार, मंगलटार, कालढुंगा, बाल्टिङलगायत स्थानमा परिचालित थियो ।

सशस्त्र प्रहरी निरीक्षक बडुवाल ज्वरोलगायत समस्या देखिएपछि असोज २६ गते नेपाल एपीएफ अस्पताल बलम्बुमा भर्ना भएका थिए । उपचार गराइरहेका उनको आज बिहान उनको निधन भएको सशस्त्र प्रहरी बलका सह–प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।  
 

प्रकाशित मिति: सोमबार, असोज २८, २०८१  १७:०२
प्रतिक्रिया दिनुहोस्