site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
ग्लोबल आईएमई र महालक्ष्मी विकास बैंकबीच बैंकिङ सुविधा उपलब्ध गराउने सम्झौता

काठमाडौं । ग्लोबल आईएमई बैंक र महालक्ष्मी विकास बैंकबीच गैरकोषमा आधारित बैंकिङ सुविधा उपलब्ध गराउने सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौता पत्रमा ग्लोबल आईएमई बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी र महालक्ष्मी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत दिपेश लम्सालले हस्ताक्षर गरे ।

सम्झौता अनुसार, महालक्ष्मी विकास बैंकका ग्राहकले आफ्नो व्यवसायलाई आवश्यकता पर्ने गैरकोषमा आधारित प्रतीत पत्र (लेटर अफ क्रेडिट), बैंक ग्यारेन्टी, डकुमेन्ट अगेन्स्ट पेमेन्ट, डकुमेन्ट अगेन्स्ट असेप्टेन्स, ट्रेड ट्रान्जेक्सन बैंकिङ आदि सुविधा महालक्ष्मी विकास बैंकको सिफारिसमा ग्लोबल आईएमई बैंकमार्फत उपभोग गर्न सक्ने छन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

ग्लोबल आईएमई बैंकले ३५४ शाखा कार्यालय, ३८४ एटीएम, २५५ शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा तीन वटा वैदेशिक प्रतिनिधि कार्यालयमार्फत सेवा दिँदै आएको छ ।

यसैगरी, महालक्ष्मी विकास बैंकले देशभर रहेका आफ्ना १०३ वटा शाखा कार्यलय र एटीएममार्फत सेवा दिँदै आएको छ । 

प्रकाशित मिति: मंगलबार, असोज २९, २०८१  १८:२३
प्रतिक्रिया दिनुहोस्