site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
गिरीबन्धु टी स्टेटको आगनमा रास्वपाको प्रदर्शन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का समर्थकहरूले झापाको गिरीबन्धु टी स्टेटको आगनमा प्रदर्शन गरेका छन् ।

प्रदर्शनकारीहरूले गिरीबन्धु टी स्टेटको गेटबाट पार्टी सभापति रवि लामिछानेको पक्षमा र सरकारको विपक्षमा नाराबाजी गरेका छन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनीहरूले ‘रवि दाइ, हाई हाई, भ्रष्ट सरकार बाई बाई,’ ‘नडराऊ रवि दाइ, जनता तिम्रो साथमा छ,’ ‘नेपाली कांग्रेस, मुर्दावाद,’ 'नेकपा (एमाले), मुर्दावाद,' सहितका नारा लगाएका छन् ।

सहकारी प्रकरणमा लामिछाने पक्राउ परेपछि रास्वपाका नेताकार्यकर्ताले देशका विभिन्न ठाउँमा विरोध प्रदर्शन गरिरहेका छन् । लामिछानेलाई शुक्रबार साँझ काठमाडौंबाट पक्राउ गरेर पोखरा लगिएको छ ।
 

प्रकाशित मिति: शनिबार, कात्तिक ३, २०८१  १५:०८
प्रतिक्रिया दिनुहोस्