site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सहकारी ठगलाई कारबाही हुँदै छ, बचकर्ताको रकम पनि फिर्ता गर्छौं : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारी ठगविरुद्धको कारबाही अघि बढेको बताएका छन् । बुधबार सरकारको १०० दिनको उपलब्धि सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले ६०० सहकारी ठगविरुद्धको कारबाही अघि बढेको बताए ।

“सहकारीमा ठगीमा संलग्न जो कसैलाई कारबाही गर्छौं भनेका थियौँ । अहिले सहकारी ठगहरूलाई कारबाही प्रक्रिया अघि बढेको छ,” ओलीले भने, “६०० बढीलाई कारबाही प्रक्रिया अघि बढाएकामा ५७५ जना थुनामा छन् ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनले सहकारी ठगलाई कारबाहीमात्रले सरकारको दायित्व पूरा नहुने भएकाले बचतकर्ताको रकम पनि फिर्ता गराउने आश्वासन दिए । 

“सहकारी ठगलाई कारबाही गर्ने मात्र होइन, बचतकर्ताको रकमसमेत फिर्ता गरिने छ,” ओलीले भने ।

प्रकाशित मिति: बुधबार, कात्तिक ७, २०८१  १५:२५
प्रतिक्रिया दिनुहोस्