site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सरकारको उपलब्धिमा दरबारमार्गको ‘नेसनल डे कन्सर्ट’ पनि पर्‍यो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री कार्यालयको आयोजनामा दरबारमार्गमा भएको कन्सर्ट पनि सरकारको उपलब्धिका रूपमा प्रस्तुत गरेका छन् ।

बुधबार सरकारको १०० दिनको उपलब्धि सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले नेसनल 'डे कन्सर्ट'लाई उपलब्धिका रूपमा प्रस्तुत गरेका हुन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“यस वर्षको संविधान दिवसमा पहिलोपटक ‘नेसनल डे कन्सर्ट’ आयोजना गरियो । जहाँ विभिन्न विधाका कलाकार नव युवाहरू र सबै पेसा र व्यवसायका युवाहरूले भेला भई खुसी साट्ने मौका पाए,” ओलीले भने, “यसरी हामीले संविधान दिवसलाई राष्ट्रिय उत्सवको रूपमा परिणत गर्‍यो ।”

उनले विगतमा राष्ट्रिय दिवसका रूपमा मनाउने निर्णय भए पनि औपचारिकतामा सीमित हुने गरेको बताए ।

प्रकाशित मिति: बुधबार, कात्तिक ७, २०८१  १५:३९
प्रतिक्रिया दिनुहोस्