site stats
बाह्रखरी :: Baahrakhari
खेल
कीर्तिपुर क्रिकेट मैदानमा फ्लडलाइटकाे काम सुरू

काठमाडौं । सरकारले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा फ्लडलाइट र प्यारापिट निमार्णको काम सुरु गरेको जनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार सरकार गठनको १०० दिन पुगेको अवसरमा सम्बोधन गर्दै कीर्तिपुरस्थित मैदानमा फ्लडलाइट र प्यारापिट निमार्णको काम सुरु भएको बताएका हुन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“क्रिकेट मैदान भएको तर आवश्यक पूर्वाधार नभएको गुनासोलाई सम्बोधन गर्न सरकार गठन भएलगत्तै हामीले तीन सय दिनभित्र कीर्तिपुरको क्रिकेट मैदानमा फ्लडलाइट जोड्ने, स्कोर बोर्ड राख्ने र राति पनि खेल्न मिल्नेगरी रंगशाला बनाउने निर्णय गरेका थियौँ,” प्रधानमन्त्री ओलीले भने, “कीर्तिपुर क्रिकेट रंगशालामा फ्लडलाइट जडान र प्यारापिट निर्माण गर्न शहरी विकास मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्बीच समझदारी भइ काम सुरु भएको छ ।” 

यसअघि असार ३१ गते ओली नेतृत्वको नयाँ मन्त्रिपरिषद्ले पहिलो निर्णयको रुपमा कीर्तिपुरस्थित मैदानमा फ्लडलाइट र प्यारापिट ३०० दिनभित्र बनाउने घोषणा गरेको थियो ।

प्रकाशित मिति: बुधबार, कात्तिक ७, २०८१  १६:२७
प्रतिक्रिया दिनुहोस्