site stats
बाह्रखरी :: Baahrakhari
खेल
दक्षिण अफ्रिकी बलर मर्चेन्ट डी ल्याङ चितवन राइनोजमा अनुबन्ध

काठमाडौं । दक्षिण अफ्रिकाका अनुभवी तीव्र गतिका बलर मर्चेन्ट डी ल्याङलाई चितवन राइनोजले अनुबन्ध गरेको छ । १४५ किलोमिटर प्रतिघन्टा बलिङ गर्नसक्ने ३४ वर्षीय ल्याङलाई मंसिर १५ बाट हुन लागेको नेपाल प्रिमियर लिग (एनपीएल) का लागि चितवनले अनुबन्ध गरेको हो ।

६.७ फिट उचाइ भएका दायाँ हाते ब्याट्सम्यान तथा बलर विश्व फ्रेन्चाइजी क्रिकेटमा प्रभावकारी खेलाडी मानिन्छन् । उनले यस फर्म्याटका १५१ टी–२० खेल खेलेका छन् । ग्ल्यामोर्गन, समरसेट र ग्लुसेस्‍टरसायर जस्ता टोलीबाट काउन्टी क्रिकेट खेलेको उनीसँग अनुभव छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

त्यसैगरी, मुम्बई इन्डियन्स, कोलकाता नाइट राइडर्स, इस्लामाबाद युनाइटेड, गुयाना अमेजन वारियर्स, ट्रेन्ट रकेट्स, डम्बुला गेन्ट्सलगायत विश्वस्तरीय फ्रेन्चाइज टोलीको समेत उनले प्रतिनिधित्व गरिसकेका छन् ।

उनले सन् २०११ मा श्रीलंकाविरुद्धको टेस्ट डेब्यु गरेका थिए । उक्त डेब्यु खेलमै उनले सात विकेट लिएका थिए ।

सन् २०१२ मा न्युजिल्यान्डविरुद्ध उनले टी–२० आईमा डेब्यु गरेका थिए । तेस्रो तथा खेलको अन्तिम ओभरमा उनले सात रन बचाउँदै दक्षिण अफ्रिकालाई शृंखला जिताएका थिए । सन् २०१७ देखि उनी ग्लेमोर्गनबाट काउन्टी क्रिकेट खेल्दै आएका छन् ।

प्रकाशित मिति: बिहीबार, कात्तिक ८, २०८१  २३:३६
प्रतिक्रिया दिनुहोस्