site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
नियमन आयोगले भन्यो– डेडिकेटेड र ट्रंकलाइनको महसुल उठाऊ

काठमाडौं । डेडिकेटेड तथा ट्रंकलाइन विवादमा विद्युत् नियमन आयोगले सक्रियता देखाएको छ । आयोगले नेपाल विद्युत् प्राधिकरणलाई २०७२ माघदेखि २०७५ वैशाखसम्मको विवादित डेडिकेटेड फिडर र ट्रंकलाइनको बक्यौता असुल गर्न पत्र लेखेको हो ।

आयोगले बुधबार प्राधिकरणलाई विद्युत् नियमन आयोग ऐन, २०७४ को दफा ३७ बमोजिम बक्यौता उठाउन निर्देशन दिएको हो । आयोगले बक्यौता रकम असुल गर्ने गरी प्राधिकरणबाटै उपयुक्त अनुपातमा रकम तोकिदिने र यसअघि महसुल नबुझाएको कारणबाट लाइन काटेको भए पनि सम्बन्धित ग्राहकले रकम बुझाएपछि तत्कालै विद्युत् लाइन जोडिदिन पनि निर्देशन दिएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

विद्युत् महसुलको परिमाण वा अन्य कुनै पक्षउपर पछि कुनै आधिकारिक निकायबाट जाँचबुझ भई रकम फरक परेको पुष्टि भएमा उक्त रकम असुल भइसकेको भए पनि त्यसपछिका बिलमा समायोजना गर्दै जान भनिएको छ ।

आयोगले निर्देशनबमोजिम भएको प्रगति विवरण आवधिकरूपमा आयोगलाई जानकारी गराउन पनि भनेको छ । निर्देशनको बोधार्थ ऊर्जा मन्त्रालयलाई पनि दिइएको छ ।

प्राधिकरणले गत कात्तिक ८ गतेदेखि ३४ वटा उद्योगको लाइन काटेको थियो । तीमधये १४ वटा उद्योगले किस्ताबन्दीमा बक्यौता बुझाउन तयार भएपछि लाइन जोडिसकिएको छ ।

Niyaman-Aayog-1730303288.jpg
 

प्रकाशित मिति: बुधबार, कात्तिक १४, २०८१  २१:३०
प्रतिक्रिया दिनुहोस्