site stats
बाह्रखरी :: Baahrakhari
खेल
पराग्वेमा हुने खेलमा समर्थकले अर्जेन्टिनाको जर्सी लगाउन नपाउने

काठमाडौं । फिफा विश्वकप–२०२६ छनोटअन्तर्गत घरेलु मैदानमा हुने अर्जेन्टिनाविरुद्धको खेलमा पराग्वेले मैदानमा पाहुना टिमको जर्सी लगाएर प्रवेश गर्न प्रतिबन्ध गरेको छ । 

सन् २०२२ को कतार विश्वकप विजेता अर्जेन्टिनाले नोभेम्बर १५ मा पराग्वेविरुद्ध उसैको मैदानमा प्रतिस्पर्धा गर्दैछ । तर, खेलअघि पराग्वे फुटबल संघ (पीएफए)का लाइसेन्स म्यानेजर फर्नान्डो भिलासबोएले खेलमा अर्जेन्टिनाको जर्सी लगाए मैदानमा प्रवेश गर्न नपाइने जनाएका हुन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“हामीले स्थानीय समर्थकलाई घरेलु टिम वा तटस्थ टिमबाहेक विपक्षी टिमको जर्सी लगाए मैदानमा प्रवेश नपाइने चेतावनी दिइसकेका छौँ,” भिलासबोएलाई उद्धृत गर्दै चर्चित अन्तर्राष्ट्रिय न्युज पोर्टल गोलले खुलाएको छ । 

भिलासबोएका अनुसार अर्जेन्टिनाको जर्सी प्रतिबन्ध भए पनि विपक्षी खेलाडीको नाम रहेको क्लबको जर्सी लगाउन भने खुला छ । 

अर्जेन्टिना र पराग्वेबीचको खेल नोभेम्बर १५ मा नेपाली समयअुनसार बिहान ५ः१५ बजेदेखि सुरु हुने तालिका छ । 

दक्षिण अमेरिकाको छनोटमा अर्जेन्टिना शीर्ष स्थानमा छ । अर्जेन्टिनाले १० खेल खेल्दा २२ अंक जोडेको छ । अर्जेन्टिनालाई पछ्याइरहेको कोलम्बियाले १० खेलबाट १९ अंक जोडेको छ । तालिकाको छैटौँ स्थानमा रहेको पराग्वेले भने १० खेलबाट १३ अंक जोडेको छ ।

प्रकाशित मिति: मंगलबार, कात्तिक २७, २०८१  १३:३७
प्रतिक्रिया दिनुहोस्